रक्सी र चुरोटको विज्ञापन गर्न नपाइने

२५ कात्तिक ७८, शुक्रबार

२५ कात्तिक, काठमाडौँ ।

विज्ञापन बोर्डले जनस्वास्थ्यमा असर पार्ने मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतको विज्ञापन नगर्न अनुरोध गरेको छ ।

बोर्डले बिहीबार विज्ञप्ति जारी गरी चाडबाडको समयमा पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएको हुनाले त्यस्ता विज्ञापनहरू तुरुन्त रोक्न र होर्डिङ बोर्ड समेत तत्काल हटाउन अनुरोध गरेको छ ।

Advertisement

जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ४५ को उपदफा १ मा “मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन” भन्ने व्यवस्था रहेको साथै विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १(छ) मा “प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने व्यवस्था गरेको हुनाले त्यस्ता बस्तुहरूको विज्ञापन नगर्न बोर्डले अनुरोध गरेको जनाएको छ ।

यस्ता कार्य जनस्वास्थ्य सेवा ऐन, २०७४ तथा विज्ञापन नियमन गर्ने ऐन, २०७६ विपरीत भएकोले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गरेमा कानून बमोजिम कारबाही हुने समेत बाेर्डले जानकारी गराइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top