रोकिएन सुन तस्करी : ४५७ ग्राम सुनसहित पक्राउ

काठमाडौँ, साउन २२
महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको मूल ढोका अगाडि शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको जानकारी दिए । प्रहरीले आलमसँग सुनका सात थान चुरा र पाँच थान बेरुवा आंैँठी बरामद गरेको थापाले बताए।

Advertisement

उक्त सुनको बजार मूल्य रु २१ लाख ९४ हजार ५७ छ । अभियुक्त आलमलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top