टी–२० विश्वकप : उपाधिका लागि न्युजिल्याण्ड र अस्ट्रेलिया भिड्दै

२८ कात्तिक ७८, आइतबार
Share this
728shares

२८ कार्तिक, काठमाडौं ।

Advertisement

आइसीसी टी–२० विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै छ। उपाधिका लागि न्युजिल्याण्ड र अस्ट्रेलिया आमने सामने हुँदै छन्। दुबई इन्टरनेशनल स्टेडियममा यी दुईबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ।

न्युजिल्याण्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ भने अस्ट्रेलियाले दोस्रो पटक फाइनल खेल्न लागेको हो। अस्ट्रेलिया यसअघि २०१० मा वेस्टइन्डिजमा आयोजित टी–२० विश्वकपको फाइनलमा इङल्याण्डसँग पराजित भएको थियो।

Advertisement

न्युजिल्याण्ड इङल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। त्यसअघि सुपर १२ को समूह २ मा रहेको न्युजिल्याण्डले ५ मध्ये ४ खेल जितेर समूहमा दोस्रो हुँदै सेमिफाइनल पुगेको थियो।

त्यस्तै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटलेनै पराजित गरेर फाइनल यात्रा तय गरेको हो। यसअघि सुपर १२ को समूह १ मा अस्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा पुगेको थियो।

Advertisement

फाइनल खेलमा न्यूजील्याण्डका लागि मार्टिन गप्टिल, कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ट, इश सोढ़ीको खेल महत्वपूर्ण हुनेछन्। त्यस्तै सेमिफाइनलमा शानदार प्रदर्शन गरेका डार्यल मिचेल र जिम्मी निसामप्रति पनि सबैको नजर हुनेछ।

अस्ट्रेलियाका लागि ब्याट्सम्यान डेविड वार्नर, मार्कस स्टोइनिस तथा बलर एडम जाम्पाको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top