म एमालेमा गएकी छैन : रञ्जु दर्शना

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

विवेकशील साझा पार्टीमा पछिल्लो समय देखिएको विवादका कारण व्यापक उतारचढावहरू देखिएका छन्।

अध्यक्ष रवीन्द्र मिश्रले पार्टी विधान विपरीत काम गरेको भन्दै सो पार्टी छाड्नेहरू पनि बढेका छन्।

Advertisement

यसैबीच सोही पार्टीकी नेत्री रञ्जु दर्शनाले पनि पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्न लागेको हल्ला चलिरहेको छ। कतिपय सञ्चारमाध्यममा त उनी एमालेमा प्रवेश नै गरिसकेको भनेर समाचार आएका थिए।

यसैबीच नेत्री दर्शनाले आफू एमालेमा प्रवेश नगरेको भनेर स्पष्ट पारेकी छन्। उनले सामाजिक सञ्जालमार्फत त्यस्तो प्रस्टीकरण दिएकी हुन्।

Advertisement

‘मैले नेकपा एमाले प्रवेश गरेको छैन÷होइन,’ उनले ट्विटरमा लेखेकी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top