×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

हिन्दु-मुस्लिम समुदायबीच झडप प्रकरणः ‘बाहिरबाट आएकाले साम्प्रदायिक दंगा फैलाउने खोजे’

२८ कार्तिक २०७८

२८ कार्तिक, जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा शनिबार दिउँसो २ बजेदेखि नै निषेधज्ञा लगाइएको छ । केही उच्छृङ्खल तत्वले साम्प्रदायिक सद्भाव बिथोल्न खोजेपछि स्थानीय प्रशासनले आइतबार राति १० बजे सम्मको लागि निषेधज्ञा जारी छ ।

Advertisement
Advertisement

केही दिनअघि छठ पर्व अन्तर्गत स्थानीय तेलिया पोखरीको डिलमा घाट निर्माणको क्रममा स्थानीय केही हिन्दु र मुस्लिम समुदायबीच समान्य विवाद भएको थियो ।

पछि स्थानीय प्रहरीको सक्रियतामा विवाद समाधान पनि भयो । तर, केही व्यक्तिले सामाजिक सञ्जाल फेसबुक तथा स्थानीय केही न्युज पोर्टलले उक्त घटनालाई अतिरञ्जित गरेपछि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयले स्वयं सक्रिय भई शुक्रबार नै स्थानीय दुवै समुदायका व्यक्तिलाई बोलाएर सहमति गराएर घर पठाएका थिए ।

शनिबार दिउँसो केही युवाहरूले एक जनकपुरधामबाटै नाराजुलुस लगाउँदै देवपरा रुपैठा पुगेका थिए । त्यहाँ प्रहरीले रोक्दा प्रदर्शनकारीहरूले प्रहरीमाथि नै ढुङ्गमुढा प्रहार गरेपछि प्रहरीले एक दर्जन राउण्ड अश्रुुग्यास फायर गरेका थिए ।

प्रदर्शकारीले पनि प्रहार गरेको ढुङ्गा लागेर आधा दर्जन सुरक्षाकर्मी घाईते भएका छन् । प्रदर्शकारीमध्ये सोमनाथ यादवले आफुहरू हिन्दु धर्मको रक्षा र हिन्दु राष्ट्रको लागि आएको बताए ।

उनले भने, ‘सार्वजनिक पोखरी भए पनि यो हिन्दुहरूकै पोखरी हो । त्यसमा मुस्लिम सामुदायले कब्जा गरी छठ पूजामा अवरोध गरेको छ । त्यसैले हामी धर्मको रक्षा र हिन्दु राष्ट्रको लागि यहाँ आएका छौँ । प्रशासनले हामीमाथि दमन गरियो भने यो आन्दोलनलाई देशव्यापी बनाउछौँ ।’

प्रदर्शनमा सहभागि हिन्दु धर्म संरक्षण मञ्च सुनसरीका सदस्य राधेश्याम यादवले भने, ‘छठ पर्व नाममा हिन्दु धर्ममाथि अन्याय भएको छ ।’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा घटना भएको उनले आरोप लगााए ।

यता, स्थानीय रामसोभित दासले भने, ‘गाउँ समाजमा सामान्य विवाद भइरहन्छ, त्यो ठूलो कुरो होइन । तर, केही हिन्दुवादी संघ संस्था र केही मिडियाले त्यसलाई साम्प्रदायिक रंग दिन खोजेको छ ।’

हामीलाई छठ पर्व मनाउन कुनै सामुदायबाट अवरोध नभएको बताउँदै उनले भने, ‘घाट निर्माणमा सामान्य विवाद भए पनि छठ पूजामा कुनै विवाद वा अवरोध भएन । घटना साम्य भइसकेपछि विरगञ्ज, सुनसरीलगायतका स्थानबाट आरएसएस, हिन्दुवादी तथा राजावादी समर्थक संघसंस्थाहरूले आएर नाराजुलुस गरे ।

हाम्रो समाजको कुरा हामी गाउँसमाजका कुरा मिलाइसकेका छौँ । तर, उनीहरू बाहिरबाट आएकाहरूले सुरक्षामा खटेका प्रहरीमाथि नै ढुङ्गगामुढा गरिरहेका छन् । ति संघसंस्थाहरूले धर्मको नाममा राजनीतिक गर्न खोजेका छन् ।’

स्थानीय मोहम्मद हविव कवाडीले छठ पूजामा हाम्रो सामुदायबाट कुनै अवरोध नभएको बताए । ‘हामी सधैँ मिलेर, भाइचाराअनुसार नै मिलेर बेसिरहेका छौँ’, उनले भने, ‘स्थानीय प्रहरी प्रशासनलाई सबै जानकारी छ । स्थानीयवासीबीच अहिले कुनै विवाद छैन । तर, बाहिरबाट विभिन्न संघसंस्थाहरूबाट आएका व्यक्तिहरूले साम्प्रदायिक घटना गराउन खोजेका छन् ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले केही संघ संगठनहरूले घटनालाई बढाउन खोजे पनि अवस्था अहिले समान्य बन्दै गएको बताए । ‘पोखरीको विषयमा दुई सामुदायबीच विवाद देखिए पनि त्यो साम्य भइसकेको थियो’, बास्तोलाले भने, ‘हिजो शनिबार बाहिरबाट आएका विभिन्न हिन्दुवादी संगठन तथा राजावादी संघसंस्थाका व्यक्तिहरूले आएका शान्ति सुरक्षामा खल्ल पु–याउने खोजेका थिए । तर, प्रहरीको सक्रियताले अहिले अवस्था समान्य हुदै गएको छ ।’

उनले पोखरीसम्बन्धी विवादको विषयमा स्थानीय दुवै समुदायका अगुवा, जनकपुरधाम उपमहनगरपालिका मेयर लालकिशोर साहसहितसँग छलफल गरिने बताए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top