हवाई भाडा बढ्यो

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालकले हवाई भाडा बढाएका छन् । हवाई टिकटमा जोडिने इन्धन वापतको मूल्य बढाइएको हो ।

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ । हाल आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । इन्धनको मूल्य बढेपछि भाडा पनि बढाइएको हो। इन्धन वापत बढिमा २२० रुपैयाँ भाडा बढेको छ ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको छ ।

सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ । यस्तै काठमाडौँबाट हुने पर्वतीय उडानमा १७० रुपैयाँ बढेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top