अदालतको विवादमा कांग्रेस बोल्नुपर्छ भन्दा देउवाले गगनलाई रोके

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ। बैठकमा महाधिवेशनको तयारी, कांग्रेसको नीति र विधान तथा समसामयिक विषयमा छलफल भइरहेको छ।

बैठकमा केन्द्रीय सदस्य गगन थापाले न्यायालयमा देखिएको विवादका विषयमा कांग्रेसले बोल्नुपर्छ भन्दा सभापति देउवालाई उनलाई रोकेका छन्।

Advertisement

’गगनले न्यायालयमा देखिएको विवादका विषयमा पार्टीले बोल्नुपर्छ भनेर आफ्नो भनाइ राख्नुभो। तर, सभापतिजीले उहाँलाई बोल्नबाट रोक्नुभयो’, बैठकमा सहभागी एक नेताले भने।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै न्यायक्षेत्र आन्दोलित छ। सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका छन् भने कानुन व्यवसायीले निरन्तर आन्दोलन गरिरहेका छन्।

Advertisement

तर, न्यायालयमा देखिएको विवादबारे कुनै पनि दलले औपचारिक रूपमा बोलेका छैनन्। कांग्रेस सत्ताको नेतृत्वकर्ता दल भएकाले यसमा बोल्नुपर्ने भन्दै थापाले आवाज उठाएपछि सभापति देउवाले उनलाई रोकेको बैठकमा सहभागी ती नेताले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top