चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

हेटौँडा, साउन २३
मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ ।

बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताए ।

हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आइपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । चलचित्र हलभित्रबाट शुरु भएको आगलागी अहिले झनै बाहिरसम्मै आइपुगेको छ । आगलागीको वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाइरिङ गरिएको अवस्थामा आगलागी भएको हो ।
करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रासस

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top