पार्टीको नेतृत्व सहमतीमा निर्माण हुन्छ, प्यानलको लिष्ट बाँड्दैनाैँ: ईश्वर पोखरेल

१ मंसिर, काठमाडाैँ ।

Advertisement

नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतीमा निर्माण हुने बताएका छन् । महासचिव पोखरेलले पार्टीको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल नबन्ने दावी समेत गरे ।

बुधबार काठमाडौंमा आयोजित ‘पार्टीको १० आंै राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमूखिकरण’ कार्यक्रममा बोल्दै उनले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट नबाँडने बताए। उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि प्यानलको लिष्ट बाँडेर महाधिवेशनको निर्वाचनमा सामेल हुने पक्षमा आफूहरु नरहेको तर्क गरे । उनले एमालेले आफूले उठान गर्दै आएको समृद्धि र विकासको मुद्धालाई निर्णायक ठाउँमा पु¥याउने गरी महाधिवेशनलाई भव्यताका साथ सफल बनाउने दावी समेत गरे। महासचिव पोखरेलले भने, ‘हाम्रो नेतृत्व भनेको सहमतीका साथ निर्माण हुन्छ । एउटा कुरा बुझ्नुस कमरेडहरु, महाधिवेशनमा हाम्रो प्यानल बन्ने छैन । प्यानल लिष्ट बाँडिने छैन । यो चिज ग्यारेन्टी हो । हामी प्यानल बनाउँदैनौं । प्यानलको लिष्ट बाँडदैनौं । व्यक्तिगत हिसावले को साथीलाई मत दिनुहुन्छ दिनुहुन्छ । हामी पार्टीलाई त्यसरी एकतावद्ध बनाएर लैजान चाहन्छौं । र यस्तो एमाले, जसले दलाल पूँजीको विरोध गर्दै समाजवादको आधार निर्माण गर्ने र आर्थिक समृद्धि र विकासको जुन मुद्धा हो, त्यो मुद्धालाई निर्णायक ठाउँमा पु¥याउने काम गर्नेछ ।’

Advertisement

महासचिव पोखरेलले चितवनमा हुने सो महाधिवेशनमा लाखौंको संख्यामा जनसहभागिता हुने दावी समेत गरे। उनले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top