गैरआवासीय राजदूत नियुक्त

गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, साउन २३
राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको राजदूतका नियुक्त गरेकी छिन् ।

त्यसैगरी उनले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई क्रमशः लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्ति गरेकी हुन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.