जर्मनीमा ६४ हजार बढी कोरोना संक्रमित थपिए

३ मंसिर, काठमाडौं ।

जर्मनीमा थप ६४ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६४ हजार १६४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा त्यहाँ २३ हजार ३०० जना संक्रमणमुक्त भएका छन् भने २६१ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ९९ हजार १६९ पुगेको छ भने निको हुनेमो संख्या ४५ लाख ६४ हजार २०० छ ।

जर्मनीमा कुल संक्रमितको संख्या ५२ लाख ३३ हजार ८२१ छ ।

Scroll to Top