भारतीय प्रधानमन्त्री मोदीद्वारा तीन कृषि कानुन फिर्ता लिने घोषणा

२ मंसिर ७८, शुक्रबार

३ मंसिर, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन्।

शुक्रबार विहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले तीन विवादित कृषि कानुन फिर्ता लिने घोषणा गरेका हुन्।

Advertisement

’आज म पूरै देशलाई यो बताउन आएको छु कि हामीले तीनैवटा कृषि कानुन फिर्ता लिने निर्णय गरेका छौं। यस महिनाको अन्त्यमा सुरु हुन लागेको संसद्को सत्रमा हामी तीन कृषि कानुनलाई रद्द गर्ने संवैधानिक प्रकृयालाई पूरा गर्ने छौं।’

आफूहरुले देशका साना किसानलाई फाइदा पुग्ने गरि कानु ल्याएको भएपनि केही किसानलाई आफूहरुले सम्झाउन नसकेको उनले बताए।

Advertisement

कानुनलाई एक वर्गले मात्र विरोध गरिरहेको भएपनि यो आफ्ना लागि महत्वपूर्ण भएको उनले बताए।

कृषि कानुनको बिरोधमा लामो समयदेखि भारतमा कृषकहरु आन्दोलनमा उत्रिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top