चार महिनामा करिब डेढ लाखले लिए श्रम स्वीकृति

५ मंसिर ७८, सोमबार

६ मंसिर, काठमाडौं ।

Advertisement

चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक लाख ३६ हजारले वैदलेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तेब्बरले बढी हो।

वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा ५५ हजार, असोजमा ४० तथा साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएका हुन्।

Advertisement

कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ। सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन्।

Advertisement

कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन्। त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कुुवेत, ओमान र बहराइनलगायतका देश छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top