टी-२० विश्वकप छनोट : आज नेपाल र हङकङ भिड्दै

टी-२० विश्वकप छनोट : आज नेपाल र हङकङ भिड्दै

६ मंसिर, काठमाडौं ।

आईसीसी महिला टी–२० विश्व कपको एसिया छनोट अन्तर्गत आज नेपाली टोलीले हङकङसँग खेल्दै छ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा आज बिहान ११ः१५ बजे नेपाल र हङकङबीचको खेल हुनेछ। नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

टी–२० विश्व कप एसिया छनोटमा नेपालले हङकङसँगै यूएई, भुटान, मलेसिया र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेताले विश्व कपको ग्लोबल छनोट खेल्न पाउनेछ।

नेपालले मंगलबार भुटान, बिहीवार कुवेत, शुक्रबार मलेसिया र आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.