अब नो एकता, नो एकीकरण : केपी ओली

८ मंसिर, काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले कसैसँग एकता र एकीकरण नगर्ने बताएका छन्। बुधबार साइबर सर्कल घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताए ।

उनले भने, ‘अब नेकपा एमालेले एकता र एकीकरण गर्ने पार्टी कुनै पार्टी बाँकी रहेन। त्यसकारण नो एकता, नो एकीकरण। आउनुस्, नेकपा एमालेमा मिलेर काम गरौं ।’

Advertisement

ओलीले अब एकता र एकीकरण भन्दै कोसँग वार्ता गर्ने, मावध नेपालसँग? भन्दै प्रश्न गरेका थिए। उनले भने, ‘अब एकता एकीकरण, एकताका लागि वार्ता। वार्ता कोसँग? माधव नेपालसँग गर्ने? एकीकरण? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्युँझिनुस्। ब्युँझिनुस् र फर्किनुस् ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top