×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

नेपालको गरिबीको समीक्षा गर्न विशेष प्रतिवेदक आउँदै

८ मंसिर २०७८

८ मंसिर, काठमाडौँ ।

चरम गरिबी र मानवअधिकारका लागि राष्ट्रसङ्घीय विशेष प्रतिवेदक ओलिभिए डे स्वतरले गरिबी उन्मूलनका लागि सरकारले गरेका प्रयासहरूको समीक्षा गर्न आगामी सोमबारदेखि नेपालको ११ दिने भ्रमण गर्ने भएका छन् ।

Advertisement
Advertisement

“बहु आयामिक गरिबी घटाउन नेपालले उल्लेखनीय कदमहरू चालेको छ, त्यसलाई सन् २०२४ सम्ममा थप पचास प्रतिशतले घटाउने सरकारको प्रतिबद्धताको सराहना गर्दछु”, गरिबी तथा मानवअधिकारको अनुगमन, प्रतिवेदन प्रस्तुत र परामर्श दिन मानवअधिकार परिषद्द्वारा नियुक्त स्वतन्त्र विज्ञ डे स्वतरले आज जेनेभामा भ्रमणको घोषणा गर्दै भनेका छन् ।

कोभिड–१९ को महामारीसँगै बाढी पहिरोबाट प्रभावित नेपाल क्रमशः पुरानै अवस्थामा फर्कने लाग्दा सबैभन्दा जोखिममा रहेका व्यक्तिहरूको संरक्षणका लागि संवैधानिक प्रावधानहरूको कार्यान्वयनतर्फ अग्रसरता बढाउन अभिप्रेरित गर्ने तथा सामाजिक सुरक्षा प्रणालीको पर्याप्तताको समीक्षा उनले गर्ने राष्ट्रसङ्घीय मानवअधिकार परिषद्ले जनाएको छ ।

प्रतिवेदक डे स्वतर काठमाडौँ, कर्णाली तथा लुम्बिनी प्रदेशका साथै प्रदेश २ मा आयोजना हुने नीतिगत गोलमेच छलफल तथा बैठकहरूमा सहभागी हुनेछन् ।

उनले केन्द्रीय तथा स्थानीय सरकारी पदाधिकारी, गरिबीबाट प्रभावित व्यक्ति र समुदायका साथै अन्तर्राष्ट्रिय र नागरिक समाजका संस्थाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परिषद्ले दुई वर्षअघि उनलाई चरम गरिबी र मानवअधिकारसम्बन्धी राष्ट्रसङ्घीय विशेष प्रतिवेदक नियुक्त गरेको हो । विशेष प्रतिवेदक स्वतरले आगामी जेठमा आफ्नो पूर्ण प्रतिवेदन परिषद्मा प्रस्तुत गर्नेछन् ।

Advertisement
Advertisement

विशेष प्रतिवेदकहरू मानवअधिकार परिषद्को विशेष कार्यविधिहरूअन्तर्गत नियुक्त अवैतनिक स्वतन्त्र विज्ञ हुन् । रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top