×

NEPAL TIMES UPDATES

Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026

नेपालले कुवेतलाई ९ विकेटले हरायो

९ मंसिर २०७८

९ मंसिर, काठमाडौं ।

आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको छ । बिहीबार आइसिसी एकेडेमी दुबईमा  भएकाे खेलमा जितको लागि २८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

Advertisement

नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे १० बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् । इन्दु बर्मा ८ बलमा १ चौका सहित १३ रनमा अविजित रहिन् । ओपनर सीता राना मगर शून्यमा आउट भएकी थिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भएको थियो । कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका ७ खेलाडीले खाता खेल्न सकेनन् ।

तीव्र गतिकी बलर सरस्वती कुमारी चौधरीले दोस्रो ओभरको पहिलो बलमा जिफा जिलानीलाई शून्यमा कविता जोशीबाट क्याच गराएकी थिइन् । पाँचौं ओभरको पहिलो बलमा मुरली १० रनमा रन आउट भइन् । मुरली रन आउट हुँदा कुवेत १२–२ को अवस्थामा थियो । त्यसपछि कुवेतले निरन्तर विकेट गुमाउन पुग्यो ।

कप्तान अम्ना तारिकलाई स्पिनर करुणा भण्डारीले ७ रनमा कट एण्ड बोल्ड आउट गरिन् । करुणालेनै मरिवा जैस्वीलाई ५ रनमा कट एण्ड बोल्ड आउट गरेकी थिइन् । खाजिजा खलिल, सिओभान गोमेज र मरियम हैदरले खाता खोल्न सकेनन् । एक समय ९.५ ओभरमा २४–४ को अवस्थामा रहेको कुवेतले बाँकी ४ रन जोड्न ६ विकेट गुमाएको थियो ।

नेपालकी स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित कुनै रन नदिई ३ विकेट लिइन् । स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारीको नाममा १ विकेट रह्यो ।

Advertisement

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो  शीर्ष स्थानमा रहेर अगामी वर्ष हुने टि२० ग्लोबल क्वालिफायर खेल्न नेपालले बाँकी दुबै खेलमा सानदार जित हात पार्नुपर्ने हुन्छ । । नेपाललेअब शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top