हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

२४ साउन ७५, शुक्रबार

साना,साउन २५
उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ ।

साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ । संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी बिद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही गरिएको दाबी गरे । उनले भने, “बसमा हुथी विद्रोही चढेको आशंका गरिएको थियो । तर उनीहरुले बालबालिकालाई प्रयोग गरे ।“

आइसीआरसीका अनुसार बालबालिकाले भरिएको सो बस हुथी विद्रोहीको बलियो प्रभाव रहेको सादाको दहमयान बजारतर्फ जाँदै थियो ।स्थानीय यमनी अस्पतालका अनुसार हालसम्म २९ बालबालिकाको शव प्राप्त भइसकेको छ । ती बालबालिका १५ वर्ष मुनिका छन् । क्षेप्यास्त्र आक्रमणमा परी ३० जना बालबालिकासहित ४८ व्यक्ति घाइते भएको आइसीआरसीले जानकारी दिएको छ ।

Advertisement

घाइतेहरुका कैयांै बालबालिकाको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या अझै बढ्न सक्ने पनि प्रहरीको अनुमान रहेको छ ।घाइते र मृतकलाई विभिन्न स्थानीय अस्पतालहरुमा राखिएकोले मृतकको सही विवरण प्राप्त भइनसकेको रेडक्रसका प्रवक्ताले जानकारी दिएका छन् ।

विद्रोहीका अनुसार यस आक्रमणमा परी ५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७७ घाइते भएका छन् । यो संख्या प्रायः बालबालिकाको भएको जनाइएको छ ।यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र अमेरिकी विदेश मन्त्रालयले यस घटनाको स्वतन्त्र रुपमा छानबिनका लागि आह्वान गरेका छन् । निर्दोष व्यक्तिहरुमाथिको यस्तो आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानूनले पनि निन्दनीय मान्दछ ।

Advertisement

यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन नै बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।
रासस/एएफपी

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top