×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026

मुम्बई आक्रमणको १३ वर्ष, के भएको थियो त्यो दिन ?

१० मंसिर २०७८

१० मंसिर, काठमाडाैँ ।

आज २६ नोभेम्बर आजभन्दा ठीक १३ वर्ष अगाडि सन् २००८ मा आजकोे रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्न पुग्यो । झिसमिसे रातमा सुरु भएको गोलीबारी लगातार ६० घण्टासम्म कायम रह्यो । रात छिप्पिदै गएपछि महाराष्ट्रका मुुम्बईवासी जो अत्यावश्यक सेवामा रहेकाहरु उनीहरु रात्रीकालीन काममा ब्यस्त थिएभने कोही चिर निन्द्रामा परेका थिए । त्यही समयमा मुम्बईमा गोलीको आवाज गुन्जिन पुग्यो ।

Advertisement

भारतको इतिहासकै सबैभन्दा ठूलो हमला मध्येको एक सो आतंककारी आक्रमणमा ६ अमेरिकी नागरिक सहित १६६ जनाको ज्यान गएको थियो । जुन घटनालाई २६÷११ का नामले चिनिन्छ । घटनामा ३ सयजनाभन्दा धेरै घाइते भए । हमलाकारीले मुुम्बईका ताजसहित दुुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाए । यति ठूला आतंकवादी हमला हुनसक्छ भन्ने अनुमान भारतका कुनैपनि सुरक्षा निकाय र गुप्तचर अधिकारीहरुलाई थिएन ।

२६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई प्रहरीका केही उच्च अधिकारी हमलामा मारिए । लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट सुरु भएको यो तान्डव ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुुगेर २९ नोभेम्बरमा समाप्त भएको थियो । हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भउको थियो भने पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड अघि अजमलले आक्रमण पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले गराएको खुलासा गरेका थिए । उनका अनुशार मारिएका ९ हमलाकारी त्यही संगठनका सदस्य थिए ।

आजसम्म पनि मुम्बईको शान बनेको पाँचतारे होटल ताज महलमा आगोको तस्विर र धुवाँको मुस्लो १३ वर्षपछि पनि धेरैको मस्तिष्कमा ताजै छ । गेटवे अफ इन्डिया नजिकैको १ सय वर्षभन्दा पुरानो भवनलाई कब्जामा लिएर आतंकवादीहरुले आगो लगाइदिएका थिए । मुुम्बईको आन–बान–शान भनिने होटल ताजमहल विदेशी पर्यटकहरुमाझ निकै लोकप्रिय छ । यहाँबाट समूद्रको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यस होटलमा धेरै मानिसहरुले खाना खाई रहेका बेला अन्धाधुन्ध गोलीबारी हुदा ३१ मानिस मारिएका थिए भने ६० घण्टाको कारबाहीमा सुरक्षाकर्मीहरुको जवाफी कारवाहीमा चारजना आतंककारीलाई मारिएका थिए । यस्तै सोही रात भारतको व्यस्त रेलवे स्टेशनहरुमध्येको एक छत्रपति शिवाजी टर्मिनसमा पनि आक्रमण भयो । यहाँ ठूलो सङ्ख्यामा यात्रुुहरु उपस्थित थिए । त्यहाँ आतंककारी अजमल आमिर कसाब र इस्माइल खानले गोलाबारी गरेका थिए । उनीहरु दुुबैले अन्धाधुन्ध गोली चलाउँदा त्याहा ५८ जनाको मृत्यु भएको थियो । आतंकारीहरुले सो रात अस्पताललाई पनि आफ्नो निशाना बनाएका थिए । मुुम्बई पुलिसका अनुसार चार हमलाकारीले एक प्रहरी भ्यानलाई नै अपहरण गरे, अनि यसपछि लगातार गोली चलाएका थिए । यही समयमा उनीहरु सोही मार्गमा रहेको कामा अस्पताल पुगेका थिए । कामा अस्पतालबाहिर भएको भिड्न्तमा आंतकवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरे, मुम्बई पुलिसका अशोक काम्टे र विजय सालस्कर मारिएका थिए ।

आतंकवादीहरुले पाँचतारे ओबराय होटलमा पनि आक्रमण गरेका थिए । हमलाकारीहरु गोलाबारुदसहित त्याहा पुग्दा साढे तीन सयभन्दा धेरै मानिसहरु रहेको अनुमान भारतीय प्रहरीले गरेको थियो । हमलाकारीले यहाँ केही मानिसहरुलाई बन्धक बनाएका थिए । एनएसजीका जवानहरुले यहाँ दुईजना हमलाकारीलाई मारे, तर त्यसअघि नै हमलाकारीहरुले ३२ जना निर्दोषको ज्यान लिइसकेका थिए । मुुम्बई पुलिस र अनुसन्धान अधिकारीहरुका अनुसार हमलाकारीहरु दुई–दुई गुटमा बाँडिएका थिए । लियोपोल्ड क्याफेमा पुगेका दुई आतंकवादीहरुले यहाँ अचानक अन्धाधुन्ध गोली चलाएका थिए । विदेशी पर्यटकहरुमाझ लोकप्रिय सो क्याफेमा १० जनाको मृत्यु भएको थियो । उनीहरुले नरीमन हाउसलाई पनि निशाना बनाएका थिए । त्याहा उनीहरुले धेरै मानिसलाई बन्धक बनाएका थिए । मुम्बईवासी मात्रै होइन यो आक्रमणबाट सिंगो भारत शोकमा डुब्यो । यो हमलालाई लिएर अन्य धेरै देशले शोक प्रकट गरेभने यसको विश्वव्यापी रुपमा निन्दा भएको थियो । गर्नलाई पाकिस्तानले पनि भत्र्सना ग¥यो । तर घटनाको पृष्ठभूमिमा पाकिस्तान भएको आक्षेप भारतीयले लगाए । जुन घटनाबाट सुध्रदैं गएको भारत–पाकिस्तान सम्बन्धमा फेरि ठूलो दरार ल्यायो । कारण थियो घटनामा बाँचेका एकमात्रै व्यक्ति अजमल कसाब पाकिस्तानी थिए । आक्रमणकारीहरु पाकिस्तानबाट आएको र उनीहरुलाई सञ्चालन गर्ने व्यक्ति पाकिस्तानमै रहेको आरोप भारत सरकारले लगायो ।

यस घटनाको केही दिनभित्रै ( डिसम्ेबर ७, २००८) लस्कर ए तोयबाका नेता तथा घटनाका योजनाकारमध्ये एक मानिएका जाकिउर रहमान लक्भी पाकिस्तानमा पक्राउ परे । यद्यपी, १० अप्रिल २०१५ मा उनी जमानतमा रिहा भए । यो आतंकवादी हमलाको विश्वव्यापी रुपमा निन्दा भयो । तर पनि आतंकवादी हमलाका अपराधीहरू विरुद्ध कारबाही गर्न पाकिस्तान गम्भीर नभएकोमा अन्तर्राष्ट्रिय समुदाय निराश बनेको छ । मुम्बई हमलाका मास्टरमाइन्ड तथा संयुक्त राष्ट्र संघले आतंकवादी मानेको लस्कर प्रमुख हाफिज सईद पाकिस्तानमा छन् । सईद पाकिस्तानमा निर्धक्क जीवनयापन गर्दै आएका छन् । अमेरिकाले सईदलाई सईदमाथि १० मिलियन अमेरिकी डलरको पुरस्कार पनि राखेको छ । १३ वर्षपछि पनि मानिसहरुको मस्तिष्कमा यो घटना ताजै छ । यो भयंकर घटनाले पूरै विश्वलाई तरंगित पारेको थियो । यस घटनाले पनि सीमा विवादमा भिडिरहेका भारत र पाकिस्तानबीचको सम्बन्धमा थप तीक्तता बढाईरहेको छ ।

भर्खरको समाचार

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top