×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

एमाले महाधिवेशन उद्घाटनमा पुगेका नेताहरुले ओलीलाई के–के भने ?

१० मंसिर २०७८

१० मंसिर, काठमाडाैँ ।

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । एमालेको निम्तोलाई स्वीकारेर राष्ट्रिय राजनीतिका सत्तारुढ दलहरुसंगै विभिन्न दलका नेताहरु तथा ८ वटा विदेशी दलका १५ जना नेताहरु चितवन पुगे । एमाले महाधिवेशनको उद्घाटन समारोहका पाहुना बनेर त्यहाँ पुगेका नेताहरुले महाधिवेशन सफलतापूर्वक सम्मन्न गर्न र एमालेको सुखद भविष्यको कामना गर्दै शुभकामना सहित सुझाव पनि दिए ।

Advertisement
Advertisement

महाधिवेशन उद्घाटन समारोहको प्रमुख अथिति बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनका लागि शुभकामना दिदैं एमालेलाई जिम्मेवार पार्टी बन्न आग्रह गरे । देउवाले नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गरे । यस्तै प्रधानमन्त्री देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताए । त्यसका लागि सरकार र कांग्रेस प्रतिबद्ध रहेको बताए । नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर बनेको देउवाले स्मरण गराए । उनले आफू, ओलीलगायतका नेताहरु संगै विगतमा आन्दोलनको नेतृत्व गर्दा जेल बसेको पनि सो क्रममा स्मरण गरे । जनताले विगतमा जस्तो दुःख भोग्न नपरोस् भनेर सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाको आह्वान गरे ।

देउवाले एमालेलाई महाधिवेशनको शुभकामना दिँदैगर्दा एमाले कार्यकर्ताहरुले होहल्ला गरेका थिए। देउवाले बोलिरहँदा एमाले कार्यकर्ताहरुले ’केपी बा, ह्वी लभ यु’ भन्दै नारा लगाएका थिए। नारा बीच देउवाले सम्बोधन गर्दै गर्दा एमाले कार्यकर्ताहरुले ’आज होइन भोलिलाई दश वर्ष ओलीलाई’ भन्दै चर्को नाराबाजी समेत गरेका थिए ।

यसैगरी निम्तो दिएर पनि नगएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधीको रुपमा एमाले महाधिवेशनस्थल पुगेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले समाजवादी समाज निर्माणका लागि कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक रहेको बताए । कसैको एक्लो यात्राले मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र जनताको आकांक्षाअनुसारको विकास र समृद्धि हासिल गर्न कठिन रहेकाले समाजवादको परिकल्पना निकै दूरको कुरा भएको उनले बताएका छन् । यद्यपी आफूहरु ‘माऊ खाने माकुरा’ बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न बने नचाहेको पनि उनले सुनाए । उनले समाजवादी समाजकै लागि कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण आवश्यक रहेको बताए । उनले महाधिवेशनले त्यो दिशातर्फ लैजान सक्ने नेतृत्व चयनमा भूमिका खेल्न शुभकामना दिए । पोखरेलले दलहरुबीचको धुब्रिकरण र अन्तरविरोध लामो समयसम्म नरहने पनि बताए ।

यसैगरि संक्षिप्त सम्बोधन गरेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शुभकामना दिने क्रममा नेपालको जनआन्दोन र मधेश जनविद्रोहका उपलब्धिलाई जालझेल, षड्यन्त्र, छलछामको अँध्यारोबाट निकालेर जनताको बीचमा लगि जीवन्त लुल्याउने समय खेर गइरहेको बताए । उनले संघीय लोकतन्त्रात्मक व्यवस्थालाई संस्थागत रूपमा सुदृढ तुल्याउन यथेस्ट समय दिन सकोस् भन्दै एमालेलाई शुभकामना दिए ।

उद्घाटन सत्रमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भने मधेसका माग पूरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् । ठाकुरले ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको पनि बताए ।मधेसका माग पूरा गर्ने सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराए । माग पूरा नभएमा २० लाख मानिस उतार्ने चेतावनीसमेत उनले दिए । उनले बन्दी रिहा र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।

शुभकामना दिन पाहुना बनेर पुगेका राप्रपा अध्यक्ष कमल थापाले भने ओलीको खुलेर प्रशंसा गरे । पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु र लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम गरेर अविस्मरणीय काम गरेको भन्दै उनले ओली र एमालेलाई धन्यवाद दिए । यस्तै उनले २०६३ सालको राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव पनि दिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताए ।केसीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा भएको विसङ्गतिको जिम्मा राजनीतिक पार्टीहरूले लिनुपर्ने पनि बताए । उनले एमाले महाधिवेशनले राष्ट्रियता, देश र जनताको स्वार्थको लागि उपलब्धी मूलक होस भन्ने कामना गरे । उनले वाम एकताको अपरिहार्यतामा जोड दिए ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु तथा अन्य दलका नेताहरुले एमालेलाई शुभकामनासहित सुझाव दिइरहँदा कार्यक्रमकै दौरान आठ मिनेट लामो एउटा डकुमेन्ट्री देखाइएको थियो । जसमा सर्वसम्मत आगामी ५ वर्षका लागि अध्यक्ष हुने दौडमा रहेका ओलीलाई केन्द्रमा राखिएको थियो । उक्त डकुमेन्ट्रीमा ओलीको पहिलो कार्यकालको सरकारका पालामा भारतले गरेको नाकाबन्दी सामना गरेकादेखि चीनसँग गरिएका पारवाहन सम्झौताको चर्चा गरिएको छ। ओलीको नेतृत्वमा दुई कार्यकालका सरकारले गरेका कामको संक्षेपिकरण गर्दै त्याहा वर्णन गरिएको छ। आधा समय ओलीको काम भन्दै चर्चा गरिएको डकुमेन्ट्रीमा आधा समय देशका लागि एमालेको विकल्प नभएको पुष्टि गर्दै एमालेलाई जनताको पहरेदारका रुपमा उभ्याउन खोजिएको छ।

यो डकुमेन्ट्र पछि मंचमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा आएका प्रधानमन्त्रीसहित सबै देशीविदेशी पाहुनाहरुलाई धन्यवाद दिए । त्यसपछि उनले एमालेको आवश्यकता, औचित्वबारे केही बेर खर्चिए । आफ्नो सरकारले गरेका कामहरुको लामै फेहरिस्त पनि उनले सुनाए । सम्बोधनका क्रममा ओलीले आगामी निर्वाचनहरूमा बहुमत ल्याउनका लागि तयारी गर्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । संसद् पुनःस्थापना गरेर सरकारबाट गलत ढंगबाट बाहिरिनु परेको भन्दै त्यसलाई सच्याउनका लागि बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो । ओली प्रधानमन्त्री हुँदा २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । ओलीले त्यो पुनःस्थापना गलत भएको बताएका हुन् । चुनावी प्रचारका रुपमा ओलीले आफूले गरेका र भोलि गर्ने काम भन्न भ्याए । उनले प्रचण्डका लागि पनि केही प्रश्न छोड्दै पूर्व लडाकुको व्यवस्थापनमा लाग्ने बताए ।

Advertisement

मन्चमै उपस्थित भएका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै अबको निर्वाचनपछि एमालेले सरकार चलाउने दावी गरे । कसैको पनि आलोचनाका लागि समय नखर्चिएका ओलीले कांग्रेसको समर्थन गरेजसरी सरकारमा रहेर कांग्रेसले काम गर्न खोेजेपनि खुट्टा समाउन पुगेका केही दलका कारण काम गर्न नसकेको हो कि भन्ने प्रश्न गरे । भारतीय सत्तारुढ तथा कम्युनिष्ट पार्टीका नेताहरु पनि सहभागि भएको उद्घाटन कार्यक्रमा ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै रहेको र त्यो फिर्ताका लागि संवाद आवस्यक रहेको पनि बताएका थिए । गुमेका भूमि फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहने पनि उनले बताए । यसअघि पहिलो स्वागत सम्बोधनका क्रममा देखिएका रामबहादुर थापा बादलले अहिलेको सरकार परमादेशबाट बनेको उल्लेख गरेका थिए । नेता बादलले पाहुना बनेर पुगेका प्रधानमन्त्री देउवाकै सामुन्ने देश, संसद अस्तव्यस्त भएको र न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको बताए।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top