×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डाक्टरको लापरबाहीले बिरामिको ज्यान गए पाँच वर्ष र लाइसेन्स नलिइ उपचार गरे तीन वर्ष कैद

२५ श्रावण २०७५

काठमाडौं,साउन २५
चिकित्सा क्षेत्रमा शैक्षिक योग्यता हासिल गरेपनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा मात्रै तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता)ऐनमा यस्तो व्यवस्था गरिएको हो।

मुलुकी ऐनमा लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अंगभंग भएमा १५ वर्ष कैद र ज्यान गएमा जन्मकैद हुने प्रावधान छ।‘इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरिरको कुनै अंगको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन।’मुलुकी ऐनमा भनिएको छ ।

Advertisement
Advertisement

तर, लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानवअंगलाई कुनै प्रतिकूल असर पर्ने गरी सामान्य प्रकारको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा नपुग्ने बताइएको छ।

मुलुकी ऐनमा कसैले खराब नियत राखेर उपचार गर्दा ज्यान गए ज्यान मारेर सरह र अंगभंग भए अंगभंग गराए सरहको कसुर ठानेर सजाय गरिने प्रावधान छ।कसैको उपचार गर्दा पर्याप्त होसियाारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने कुरा मुलुकी ऐनमा जनाईएको छ । लापरबाही गरी उपचार गरिएको बिरामिको ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

Advertisement

यसैगरी मञ्जुरीबिना मानव शरीरमा परीक्षण गर्न कानूनले बन्देज लगाएको छ । मानव शरीरमा कुनै उपचार सम्बन्धि विधी, चिरफार वा औषधि परीक्षण गर्नु पर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होस ठेगानमा नभएको व्यक्ति भए निजको बाबुआमा वा संरक्षकको मञ्जुरी नलिई त्यस्तो काम गर्न नहुने बताइएको छ । कसैले आर्थिक लाभ लिने, महिलाको गोपनियता भंग गर्ने, कुनै नियतले कसैको शाररिक परीक्षण गर्ने वा अंग परिवर्तन गर्ने काम गर्न बन्देज गरिएको छ । यस विपरित परीक्षण गर्ने र गराउनेलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top