दाहाल यज्ञनिधिको पार्थिव शरीर शिक्षण अस्पताललाई दान

दाहाल यज्ञनिधिको पार्थिव शरीर शिक्षण अस्पताललाई दान

काठमाडौं, साउन २६
शुक्रवार निधन भएका साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको शव उनकै ईच्छा अनुसार शिक्षण अस्पताललाई दान गरिएको छ । उनको शव शिक्षण अस्पतालका विद्यार्थी डक्टरहरुको प्रयोजनका लागि दान गरिएको हो ।

परिवारिक श्रोतका अनुसार शनिबार दाहालको अन्तिम इच्छा बमोजिम उनको पार्थिव शरीर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको एनाटोमी बिभागलाई बुझाईएको हो । गएको बुधबार बिहान खाना खाएर धारामा थाल राखेर फर्कने क्रममा उनी लडेका थिए । लडेपछि उनको टाउको रगत जमेको थियो ।

दुवै मृगौला खराब भएका दाहाल यज्ञनिधिले डायलाइसिस गरिरहेका कारण उनको मष्तिस्कको शल्यक्रिया गर्न सकिएको थिएन । दुई दिन काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरेपछि उनलाई शुक्रबार ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको सुमेरु अस्पतालमा शुक्रबार निधन भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.