साफ यू-१९ खेल्ने टोलीको बिदाइ

साफ यू-१९ खेल्ने टोलीको बिदाइ

२० मंसिर, काठमाडाैँ ।

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गरेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजनामा बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यु–१९ टोलीको विदाई गरेको हो । प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदै छन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत उमेर समूहको खेलमा बलियो मानिएको नेपाली टोलीको लक्ष्य उपाधि उचाल्ने रहेको छ । टोलीलाई अञ्जना रानामगरले नेतृत्व गर्नेछिन ।

डिसेम्बर ११ तारिख देखी २२ तारिख सम्म ढाकामा आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले आइतबार २३ सदस्यी नेपाली महिला टोलीको नाम सार्वजनिक गरेका थिए ।

पाँच टोलीले राउन्ड रोबिन प्रणालिमा आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तारिख, तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा तथा अन्तिम खेल भारतसँग १९ तारिखमा खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल डिसेम्बर २२ तारिखमा हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.