सरकारले युवालाई केन्द्र भागमा राखेर विकासका कार्यक्रम तय गर्छ ः मन्त्री कुसियत

विराटनगर,साउन २६
प्रदेश नम्बर एकका वन,उद्योग तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियतले युवाको लागि स्वरोजगार कार्यक्रमलाई जोड दिइने बताएका छन् ।

युवा दिवसको अबसर पारेर युवा सञ्जालले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुसियतले युवा नै देश विकासको आधारस्तम्भ भएकोले प्रदेश सरकारले युवालाई केन्द्र भागमा राखेर विकासका कार्यक्रम तय गर्ने बताए ।

शिक्षालाई हरेक स्थानीय तहसम्म लगिने बताउँदै उनले भने,‘प्राविधिक शिक्षालाई बढावा दिदैं उद्योग स्थापनाको नीति लिइने छ ।’ प्रदेश सरकारको कानुन निर्माणको कुरा गर्दै मन्त्री कुसियतले कानुन निर्माणको प्रक्रियामा रहेको र क्रमशःगतिशील हुँदै जाने बताए ।

Advertisement

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिव ओसिम आलमलाई सम्मान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top