फौजदारी अपराधपीडितले क्षतिपूर्ति पाउने

२७ साउन ७५, आइतबार
Share this
749shares

काठमाडौंः फौजदारी अपराधपीडितले अब क्षतिपूर्ति पाउने भएक छन् । यस्तो क्षतिपूर्ति अदालतबाट अपराधमा संलग्न ठहरिएको व्यक्ति वा राज्यले दिनुपर्नेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Advertisement

अपराधपीडितको हक कार्यान्वयन गर्न बनाइएको विधेयकमा क्षति मूल्यांकनका आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको हो ।संसदमा आइतबार पेश गर्न लागिएको उक्त विधेयकम फौजदारी अपराधबाट अंगभंग भए, शारीरिक वा मानसिक स्वास्थ्यमा असर परे, मानसिक चिन्ता परे क्षति पुगेको मानिनेछ ।

जबर्जस्ती करणीका कारण गर्भ रहे, पीडितको सामाजिक, सांस्कृतिक वा पारिवारिक प्रतिष्ठामा प्रभाव परे पनि क्षति मानिने छ ।मनोवैज्ञानिक, बौद्धिक, यौन वा प्रजनन क्षमता नष्ट हुनु आर्थिक र भौतिक नोक्सानीका साथै व्यक्तिको सौन्दर्य कुरुप पारिनु पनि क्षतिकै रुपमा लिने विधेयकको व्यवस्था छ ।

Advertisement

यसअघि यस्ता कुनै अपराधमा पीडितले पीडक वा राज्यबट क्षतिपूर्ति पाउने व्यवस्था थिएन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top