वैदेशिक रोजगारीका समस्या एकमुष्ट समाधान हुन्छ : मन्त्री श्रेष्ठ

२३ मंसिर ७८, शुक्रबार

२३ मंसिर, नवलपुर ।

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका समस्याहरूको एकमुष्ट समाधानको प्रयास भइरहेको बताएका छन्।

नवपुरको डण्डामा आज नेकपा (एकीकृत समाजवादी) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली श्रमिकले भोग्नुपरेका कठिनाइ र त्यसलाई समाधानका लागि पहल गरिएको भन्दै केही समयभित्रै परिणाम देखिने बताए ।

Advertisement

आन्तरिक तथा वैदेशिक रोजगारका समस्या र चुनौतीहरूको सम्बोधनका लागि मन्त्रालयले कार्यदल बनाएको चर्चा गर्दै उनले विद्यमान समस्याहरूको प्याकेजमै समाधान गरिने बताए। आफु श्रम क्षेत्र सुधारका लागि केन्द्रित रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

आफ्नो कार्यकालमा श्रमिकको हित अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित गरिने उनले बताए।

Advertisement

सीप विकाससँग सम्बन्धित तालिमहरू अब एकीकृत संरचनामार्फत सञ्चालन गर्न तयारी सुरु गरिएको पनि उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top