मुख्यमन्त्रीसँग राससको कार्ययोजना प्रस्ताव

d'VodGqL u'?ª;dIf /f;;af/] hfgsf/L u08sL k|b]zsf d'VodGqL k[YjL;'Jjf u'?ª;dIf cfOtaf/ /fli6«o ;dfrf/ ;ldltsf] k|fb]lzs ;+/rgf, ;]jf lj:tf/ nufotsf ljifo ;d]l6Psf] efjL sfo{of]hgfaf/] hfgsf/L u/fpFb} /f;;sf cWoIf xl/x/ clwsf/L -Zofdn_ . t:jL/ M xl/ afF:tf]nf, kf]v/f, /f;;

पोखरा, साउन २७
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राससको प्रादेशिक संरचना, सेवा विस्तारलगायत विषय समेटिएका भावी कार्ययोजना प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्रीको सरकारी निवासमा आज भएको भेटमा अध्यक्ष श्यामलले प्रदेश सरकार र राससबीच समन्वय आवश्यक भएको बताए । उनले सरकारका नीति, कार्यक्रम र विकास निर्माणका गतिविधिलाई राससले सम्पे्रषण गर्दै आएको र यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाइने बताए ।

सङ्घीयतालाई बलियो बनाउन प्रदेश सरकार बलियो हुनु आवश्यक भएको बताउँदै अध्यक्ष श्यामलले त्यसका लागि राससका तर्फबाट सक्दो सहयोग पु¥याइने विश्वास व्यक्त गरे । राससले स्थानीय भाषामा पनि समाचार सम्प्रेषण गर्ने सोच बनाएको जानकारी दिँदै उनले राज्यलाई बलियो बनाउन समाचार समितिको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आगामी दिनमा सञ्चारलगायत क्षेत्रमा समन्वय गर्दै स्पष्ट कार्यनीतिसाथ अघि बढ्ने बताए । कर्मचारी व्यवस्थापनका साथै साधनस्रोतको बाँडफाँटलगायत विषय निष्कर्षमा पुगी कार्यान्वयनमा आएपछि सरकारका काम सहज हुने उनको भनाइ थियो ।
(रासस)