NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे शुक्रबार साउन ९ , २०८२
अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला शुक्रबार साउन ९ , २०८२
प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे बिहिबार साउन ८ , २०८२
Next
Prev

समाचार

एमसीसीका लागि ओलीले थापे च्याँखे दाउ

शनिबार पुस ३ , २०७८
Reading Time: 1 min read
A A
१० औँ महाधिवेशन स्थलको आफैँ निरीक्षण गर्दै ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ पौष, काठमाडौँ ।  अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकार र नेपालका राजनीतिक दलहरुका लागि घाटीमा पुगेर अड्किएर बसेको छ । बुधबार बसेको एमसीसी बोर्ड बैठकले अनुमोदनको समय सकिदा समेत नेपाल सरकमरले अनुमोदनको प्रतिवद्धता जनाउको भन्दै पर्ख र हेरको रणनीति अपनाएपछि नेपाल सरकारले समेत अब बस्ने संसद बैठकमा एमसीसी अनुमोदनका लागि लैजाने तयारी गरेको छ । यही विषयलाई केन्द्रमा राखेर लामो समयदेखि अवरुद्ध बनेको संसद बैठक सुचारु गराउनका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

सत्तारुढ दलले अब यही ६ गते बस्ने संसद बैठक सुचारु गर्ने र एमसीसी बैठकको एजेन्डा बनाउने प्रयास गरिरहदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने काग्रेस सामु नयाँ शर्त तेसाईदिएका छन् । एमसीसीका लागि सत्तारुढ दलको गठबन्धलाई धक्का दिने उनले रणनीति बनाएका छन् । संसदमा एमालेको जारी अवरोध खुलाउनका र एमसीसीलाई अनुमोदन गर्नका लागि ओलीसँग सहयोग माग्न गएका प्रधानमन्त्रीका दूतलाई ओलीले गठबन्धन प्रति संकेत गर्दै अप्रत्यक्ष रुपमा यो शर्त राखेका हुन् । उनले एमसीसी अनुमोदन सँगै चुनावमा जानुपर्ने समेत सुझाएका छन् ।

यसअघि एमसीसीका लागि सरकारको प्रस्ताव पर्खिएका ओलीले भर्खरै सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकमा पनि एमसीसी अनुमोदन गर्न सहयोग गर्ने संकेत गरेका थिए । यसअघि गत महिना नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसीबारे निर्णय गर्न नेपाललाई १४ डिसेम्बरसम्मको समय दिएका थिए । सो क्रममा नेपाल सरकार र सत्तारुढ दलहरुले एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएका थिए । नेपालका प्रधानमन्त्री र दलहरुले सकरात्मक संकेत दिएका कै कारण बुधबार अमेरिकामा बसेको एमसीसी मुख्यालयको बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्न थप समय दिएको छ ।

Advertisement

सरकारले एमालेको साथ र एमालेको अवरोधका बीचपनि एमसीसी अनुमोदन गर्न भने सक्नेछ । यसका लागि बहुमत प्राप्त सरकारसँग स्पष्ट बहुमत छ । तर सत्तारुढ गठबन्धन भित्रपनि एमसीसीका पक्षमा अझै एक मत बन्न सकेको छैन् । अझ सरकार चलाई रहेको काग्रेसमा महाधिवेशनबाट मिश्रित मत आएपछि भने काग्रेस भित्रैबाट एमसीसी विना संशोधन अघि बढाउन नहुने प्रस्ताव आउन सक्ने संभावना त्यति नै बढी देखिन्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा अहिले २७१ सदस्य छन् । गठबन्धनमा १६५ भन्दा बढी छन् । एमाले ९८ सांसद छन् । तर सत्तारुढमा कांग्रेसका ६३, माओवादी केन्द्रको सभामुखसहित ४९ जना, नेकपा एकीकृत समाजवादीका २३, जसपाका २० जना, लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना, राष्ट्रिय जनमोर्चाका एक, राप्रपाका एक र स्वतन्त्र सांसद् एक जना छन् । अहिले विपक्षीका रुपमा एमाले र एक सदस्य रहेको नेमकिपाका मात्रै विपक्षमा छन् । एमालेले २३ भदौ २०७८ देखि संसदमा निरन्तर अवरोध गर्दै आएको छ ।

अघिल्लो अधिवेशनमा संसदको कुनै पनि काम कारबाहीमा भाग नलिएको एमालेले मंगलबार शुरु भएको अधिवेशनमा पनि अवरोधलाई जारी राखेको छ । तर पछिल्लो समय ओली र सरकारका दूतहरु बीचको बढ्दो छलफल र ओलीका अभिब्यक्तिले संसदमा एमसीसी अगाडि बढाउँदा शर्तसहित संसदको अवरोध एमालेले खुलाउन सक्ने संभावना देखिन्छ । विगतमा पार्टी एकता भई बनेको नेकपामा दाहाल र नेपाल पक्षधर नेताले यही विषयमा विवाद निकालेका थिए। दाहाल र नेपालको जोडबलमा एमसीसीबारे अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा कार्यदल नै बनेको थियो। त्यो कार्यदलले जस्ताको तस्तै पारित गर्न नहुने सुझाव दिएको थियो। तर तिनै खनाल अहिले नेकपा एकीकृत समाजवादीमा छन् । जुन दल गठबन्धनका लागि एमसीसी अड्काउन नहुने पक्ष सम्म पुगेको छ । सरकार र अन्य दलहरु सत्ता स्वार्थ र आफ्ना राजनीतिक अभिष्ट पूरा गर्नका लागि एमसीसीको पक्षमा खुल्दै जादा विप्लव नेकपा माओवादी लगायतका दलहरुले समेत एमसीसीविरुद्ध सडक आन्दोलन सुरु गरिसकेका छन् ।

एमसीसीको विरोधमा संसद घेराउ गरिसकेका उनीहरुले नेपाल स्थित एमसीसीको कार्यालय समेत घेराउ गरेका छन् । सरकारलाई राष्ट्र घात हुने गरी एमसीसी अनुमोदन गर्न नदिन सबै जनतालाई सडकमा आउन उनीहरुले आह्वान गरेका छन् ।अघिल्लो पटक देउवा प्रधानमन्त्री भएकै बेला एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो। तत्कालीन अर्थमन्त्री र हालका कानुनमन्त्री कार्कीले हस्ताक्षर गरेका थिए।

देउवाले यसलाई अहिले प्रतिष्ठाको विषय बनाएका छन्। सरकारको नेतृत्व लिएलगत्तै एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई बोलाएर देउवाले पास गराउन दबाब सिर्जना गराएको विश्लेषण गरिन्छ । नेपाल र अमेरिकी सहयोग निकाय एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा ऊर्जा र सडक पूर्वाधार विकासका लागि ५ सय मिलियन डलरको सम्झौता भएको थियो।

लोकप्रीय

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२

विचार

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२

थप समाचार

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण
ताजा समाचार

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२
प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी
ताजा समाचार

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

बिहिबार साउन ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.