×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

आइतबारदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप, कुन–कुन जिल्लामा ?

३ पुस, विराटनगर ।
आइतबारदेखि ५७ जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिडविरुद्धको मोडर्ना खोप दिईँदै छ ।

१२ देखि १७ वर्षसम्मकालाई पुस १४ सम्म उक्त खोप दिइनेछ । खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४ सय ८ छ ।

Advertisement
Advertisement

यस्तै, पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने सरकारी तयारी छ । फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ । ‘जुन जिल्लामा अत्यन्त न्यून तापक्रममा खोप भण्डारण गर्ने क्षमता छ, त्यहाँ फाइजर र त्यो क्षमता नभएका जिल्लामा मोडर्ना खोप दिइने भएको हो,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । फाइजर माइनस ७० डिग्री सेल्सियस र मोडर्ना माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिन्छ ।

साविकको खोप केन्द्रसँगै विद्यालयमा समेत केन्द्र विस्तार गर्न सकिने डा. अधिकारीले बताए । प्रदेश १ को झापा, मोरङ, सुनसरी, प्रदेश २ को सप्तरी, धनुषा, पर्सा, गण्डकीको कास्की, बागलुङ, लुम्बिनीको रूपन्देही, बाँके, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ जिल्लामा फाइजर खोप अभियान सञ्चालनबारे पछि मिति तोकिने उनले जानकारी दिए ।

फाइजर खोप १२ वर्षमाथिको उमेर समूहमा प्रभावकारी मानिएको छ । दुई डोज लिएकामा खोप नलिनेको दाँजोमा लक्षणयुक्त कोभिडले ग्रस्त हुने सम्भावना ९५ प्रतिशत कम देखिएको वैज्ञानिक अध्ययनले देखाएका छन् । खोप लिएको दुईदेखि तीन सातापछि कोभिडविरुद्ध शरीरमा एन्टिबडी उत्पन्न हुन थाल्छ ।

फाइजरको दुई डोज ३ देखि ६ साताको अन्तरमा लगाउनुपर्छ । १२ देखि माथिको उमेर समूहलाई प्रभावकारी मोडर्ना भने ४–६ साताको अन्तरमा दुई डोज लगाउनुपर्छ ।

शुक्रबारसम्म अनुदान र खरिद गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज खोप भित्रिएको छ भने मार्चसम्म थप करिब ३ करोड डोज आउनेछ । देशभर २ करोड १४ लाख ४५ हजार १ सय ४५ डोज लगाइएको छ ।

Advertisement

एक डोजमात्र लगाउने ३९.२ प्रतिशत अर्थात् १ करोड १९ लाख १३ हजार ८ सय ८६ जना छन् भने पूर्ण खोप लिनेको संख्या ३१.४ प्रतिशत अर्थात् ९५ लाख ३१ हजार २ सय ५९ छ । हाल १ करोड ४० लाख २१ हजार ८ सय ३५ डोज भण्डारमा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top