×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिन अझै एक वर्ष लाग्ने

५ पुष २०७८

५ पुस, काठमाडौँ ।
पुरातत्व विभागले आगामी आर्थिक वर्ष भित्र भूकम्पले ध्वस्त बनाएका पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

विभागका महानिर्देशक दामोदर गौतमले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पुनर्निर्माण कार्य सम्पन्न गरिसक्ने तर त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

गुम्बा पुनर्निर्माण गर्न बजेट अभाव, २६ वटामा १६ करोड खर्च

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले बजेट अभावकै कारण गुम्बाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पारे । १२३३ वटा गुम्वा पुनर्निर्माण गर्नुपर्नेमा सरकारले २६ वटा गुम्बाका लागि १६ करोड बजेट दिएकाले त्यसलाई अगाडि बढाउन सक्ने अवस्था नरहेको महानिर्देशक गौतमको भनाई थियो ।

उनले एउटा गुम्बाको पुनर्निर्माण गर्न करिव ७ देखि ८ करोडसम्म लाग्ने अवस्था रहेकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए । विभागका अनुसार पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणका लागि बजेटको साथै विज्ञताको पनि अभाव छ ।

महानिर्देशक गौतमले भने, ‘भूकम्पपछिको पुनर्निर्माणमा हामीले अहिलेसम्म ९२० वटा सम्पदा मध्ये ६९ प्रतिशत काम सम्पन्न गरेका छौं । यो वर्ष जुन कार्यक्रम संचालनमा छ । १५८ वटा सम्पदाहरुको पुनर्निर्माणको काम यस वर्ष ८२ प्रतिशत सम्पन्न गर्ने योजना छ ।

आवश्यक बजेटको व्यवस्था भयो भने सम्पदाहरुको पुनर्निर्माणको काम आगामी वर्षभित्र सम्पन्न गरिनेछ । अर्को समस्या के आईरहेको छ भने गुम्वा पुनर्निर्माणका लागि २६ वटा गुम्वा बनाउन १६ करोड बजेट दिइएको छ । एउटा गुम्वा निर्माणका लागि करिव ७–८ करोड बजेट लाग्छ । तर ६० लाख दिइएको छ । यसले पुनर्निर्माणको काम अघि बढाउन सकिएको छैन ।’

रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने

विभागले जनकपुरस्थित रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कामलाई पनि अघि बढाएको छ । महानिर्देशक गौतमले भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

विभागले सम्पदाहरुको उत्खनन तथा संरक्षण कार्यलाई अघि बढाउन बजेट, जनशक्ति र विज्ञताको अभाव रहेको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा बोल्दै सांसदहरुले सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी आवश्यक योजना बनाउन नसकेको भन्दै विभागको आलोचना गरेका थिए ।

सम्पदाहरुको व्यवस्थापनमा ध्यान दिन सुझाव

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हाम्रा सम्पदाहरु पर्यटनसँग जोडिएको भन्दै त्यसको संरक्षण र विकासमा आवश्यक योजना बनाउन ढिलाई गर्न नहुने बताए । उनले रामजानकी मन्दिर, लुम्विनीलगायतका सम्पदाहरुको उचित व्यवस्थापनमा ध्यान दिन पनि विभागलाई सचेत गराए ।

संरक्षणका लागि योजना बनाउन नसकेको आरोप

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विभागले सम्पदाहरुको संरक्षण हुनेगरी योजनावद्ध ढंगले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण कार्यमा गम्भिर भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

Advertisement

सांसद राजभण्डारीले सिंहदरबारस्थित ग्यालरी बैठकको पुनर्निर्माणमा अझै ध्यान दिन नसकेको भन्दै आपत्ति जनाए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top