×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झापामा फिल्मी शैलीमा कैदी फरार

२८ श्रावण २०७५

झापा, साउन २८
भद्रपुरस्थित झापा कारागार भित्रैबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा तैनाथ प्रहरी सहायक निरीक्षकसहित ६ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ ।

झापा कारागारमा सुरक्षाका जिम्मा पाएका प्रहरी नायव निरीक्षक (सई) हस्तबहादुर श्रेष्ठ घर बिदा बसेका बेला उनको स्थानमा इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक गणेश राईसहित डियुटीमा खटिएका एक जना प्रहरी हवल्दार, चार जना प्रहरी जवान गरी ६ जनालाई जिल्ला तानिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

Advertisement
Advertisement

प्रहरी कर्मचारीको लापरवाहीले कारागारबाट कैदी भागेका हुनाले उनीहरुलाई तत्काल कारागारको सुरक्षाबाट हटाइएको उनले जानकारी दिए । प्रहरी संगठनको नीति तथा कानुन बमोजिम प्रहरी कर्मचारीलाई कारवाही गरिने उनले बताए ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कैदीबन्दी फरार भएको बिषयमा छानविन समिति गठन गरी कानुन प्रक्रिया अघि बढाइनेछ । आइतबार दिउँसो करिब ३ बजेको समयमा झापा कारागारबाट फिल्मी शैलीमा गौरादह नगरपालिका ८ निवासी अन्दाजी २४ बर्षीय उमेश माझी फरार भएका थिए ।

जुरोपानीका १४ बर्षीय किशोरीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएको थियो । जेल जिवन बिताइरहेका माझी पेशाले इलेक्ट्रिशियन थिए ।

Advertisement

आइतबार कारागारभित्रै बिजुली बनाउने काम गर्नका उनले सिढीको प्रयोग गरेका थिए । सिढी चढेर काम गर्देगर्दा उनी पर्खाल नाघेर फरार भएका थिए । फरार भएका उनलाई केही घण्टामै प्रहरीले फेला पारेपनि गरामनीमा प्रहरीमाथि ढुंगा प्रहार गरी पुन भाग्न सफल भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top