खोप व्यवस्थापन र भण्डारणमा चुनौतीः छुटेकाहरुलाई खोप केन्द्रसम्म पुर्याउन आह्वान

१५ पौष, काठमाडौँ । कोरोनाविरुद्धको खोपका लागि आवश्यक सिरिञ्ज नहुँदा खोप अभियान प्रभावित भएको छ । गएको १३ गतेदेखि नै १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोप दिने भनिए पनि घोलक र सिरिञ्ज अभाव हुँदा अभियान स्थगित गरिएको छ । यसले गर्दा खोप थुप्रिरहेको छ ।

सिरिञ्ज नहुँदा आएका खोप वितरण हुन सकेको छैन भने सिरिञ्ज अभाव नभएका कतिपय ठाउँमा खोप लगाउन जानेहरुको सङ्ख्या कम छ । यसले खोप भण्डारण र व्यवस्थापनमा चुनौती बढेको छ । सरकारले सबैलाई खोप केन्द्रसम्म पुर्याउनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अहिले सजिलै पाइरहेका बेला खोप लगाएर सुरक्षित हुन आग्रह गरेका छन् । खोपले नयाँ ओमिक्रोन भेरियन्टसँग लड्न समेत सहयोग गर्ने भएकाले छुटेकाहरुलाई खोप केन्द्रसम्म पुर्याउन जनप्रतिनिधिसहित सबैलाई उनको अनुरोध पनि छ ।

स्वास्थ्य मन्त्रालयले अबको एक हप्ताभित्र सिरिञ्ज आउने अनुमान गरिएकाले अबको १० दिनभित्र फाइजर खोप दिने तयारी थालेको जनाएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेले १० दिनभित्र काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका १२ देखि १७ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोपको अभियान थाल्ने तयारी भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सिरिञ्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको थियो । सचिव पोखरेलले फाइजर खोपको लागि आवश्यक पर्ने घोलक आइसकेको बताए । साथै फाइजर खोपलाई चाहिने सिरिञ्ज आउँदो २० गतेसम्म आइपुग्ने अनुमान रहेको उनले बताए ।

फाइजर खोप अभियानको लागि फाइजर कम्पनीले बनाएको ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ । यस्तै, मन्त्रालयले दैनिक पाँच लाख डोज खोप लगाउने तयारी समेत गरेको छ । तर, सिरिञ्ज अभाव नभए मात्रै यो लक्ष्य पूरा हुने विज्ञले बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top