त्रिविले सोध्यो एक उपप्राध्यापकसहित चार जनालाई स्पष्टीकरण

२५ पुस ७८, सोमबार

२६ पौष, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले एक जना उपप्राध्यापकसहित चार जनालाई स्पष्टीकरण सोधेको छ।

Advertisement

रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गका उपप्राध्यापक चिरंवीवि काफ्ले, सोही क्याम्पसकी लेखा सहायक सावित्रा गौतम, चिकित्सा शिक्षा अध्ययन संस्थान डीनको कार्यालय महाराजगञ्जका मुख्य प्राविधिक सहायक सुजन गुरूङ र सामान्य प्रशासन महाशाखा कीर्तिपुरकी कार्यालय सहयोगी शर्मिला डंगोललाई स्पष्टीकरण सोधिएको त्रिविले सूचना निकालेर उल्लेख गरेको छ।

उनीहरू सम्बन्धित कार्यालयमा नआएकोले स्पष्टीकरण सोधिएको हो। उपप्राध्यापक काफ्लेले ०७४ जेठ २ देखि ०७५ जेठ १ गतेसम्म अध्ययन बिदा लिए पनि हालसम्म सम्पर्कमा आएका छैनन्।

Advertisement

गौतम भने बेतलवी बिदा माग गरेको र अस्वीकृत भएपछि सम्पर्कमा नरहेको त्रिविले जनाएको छ। गुरूङले अध्ययन बिदाका लागि निवेदन दिए पनि कागजात नपुगेर स्वीकृत भएको थिएन।

त्रिविले उनीहरूलाई किन नहटाउने भन्दै ३५ दिनभित्र स्पष्टीकरण दिनसमेत आग्रह गरेको छ। यसअघि १५ दिने स्पष्टीकरण सोधिएकोमा गौतमले मात्रै स्पष्टीकरण दिएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top