×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मलाई गुमराहमा राखियो, दोष आयोजकको हो, क्षतिपूर्ति दिनुपर्छः खेसरीलाल

५ माघ, मोरङ । बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले बताएका छन् ।

यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै ४ वटा स्कोरपियो गाडीमा आगजनी गरे । घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै उनले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

Advertisement
Advertisement

पत्रकारहरुसँग कुरा गर्दै यादवले तोडफोड र आगजनीबाट आफ्नो डेढ करोडको क्षति भएको दाबी गरेका छन् । गाडीहरू, बाध्ययन्त्रमा क्षति पुगेको उनको भनाइ छ । यो घटनामा स्थानीय प्रशासन र सर्वसाधारण कसैको पनि दोष नरहेको उनले बताए ।

उनले बर्जुमा टिकट सो छ भन्ने विषयमा आफूलाई जानकारी नै नगराएको बताए । ‘महोत्सव आयोजक समितिले कुनै जानकारी दिएन’ उनले भने, ‘प्रशासनले अगाडि नै रोक्न निर्देशन दिएको रहेछ, तर मलाई गुमराहमा राखे, यसमा मेरो, प्रशासन र सर्वसाधारणको कुनै कमजोरी छैन ।’

पर्यटकीयस्थल बर्जु तालमा पुस २३ गतेदेखि बर्जु महोत्सव जारी थियो । कोरोना संक्रमण बढेपछि पुस २७ गते स्थानीय प्रशासनले महोत्सव रोक्न निर्देशन दिएको थियो । तर अटेर गरेपछि माघ २ गते पुनः रोक्नका लागि लिखित निर्देशन दिइयो ।

त्यसपछि पनि आयोजक समितिले मंगलबार खेसरीलाललाई बोलाएको थियो । स्थानीय प्रशासनले कार्यक्रमको अनुमति नभएको र सुरक्षा दिन नसक्ने भन्दै यादवलाई बीच बाटोमै रोकेर होटलमा राखेको थियो ।

दिउँसो १२ बजेसम्म उनी महोत्सवस्थलमा नपुगेपछि आक्रोशित भीडले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो गाडीमा आगजनी गर्नुका साथै स्टेज, साउन्ड सिस्टम र लाइटहरु तोडफोड गरेको प्रहरीले जनाएको छ । कलाकार यादवले तोडफोडबाट डेढ करोडको क्षति पुगेको जानकारी पाएको भन्दै आयोजकले क्षतिपूर्ति दिनुपर्ने बताए ।

कोरोनाका कारण प्रशासनले कार्यक्रम गर्न रोक लगाएको विषयमा आयोजकले आफूलाई केही नभनेको उनले बताए । ‘आयोजकले प्रशासनको निर्देशनका बारेमा जानकारी दिएको भए म कार्यक्रमका लागि आउने थिइनँ’ यादवले भने, ‘तर ढाँटेर बोलाएकाले मलाई प्रशासनले कार्यक्रममा जान दिएन ।’

Advertisement

आयोजकले उनी आउने भन्दै तीन सय र पाँच सय दरका टिकट अग्रिम बिक्री गरेको थियो । कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले आगजनी र तोडफोड गरेको गाउँपालिका–६ का वडाअध्यक्ष विनोदकुमार चौधरीले बताए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top