कोरोना खोप वितरणमा भइरहेको असमानताले विश्वकै अर्थव्यवस्थामा असर पर्नेः डब्ल्यूएचओ

५ माघ, एजेन्सी । कोरोना खोप वितरणमा भइरहेको असमानताले स्वास्थ्य क्षेत्रमा मात्रै नभएर विश्वकै अर्थव्यवस्थामा असर पर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

कोरोना विरुद्धको खोप वितरणमा बढ्दै गएको असमानताले विश्वलाई नै नोक्सानी गर्ने डब्ल्यूएचओले बताएको हो ।

खोप वितरणमा देखिएको यो असमानता तत्काल हटे स्वास्थ्य क्षेत्रमा देखिएको सङ्कट समाधान हुने डब्ल्यूएचओको स्वास्थ्य आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक माइकल रेयानले बताएका छन् ।

Advertisement

वर्ल्ड इकोनोमिक फोरमको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले केही धनी राष्ट्रले कोरोना विरुद्धको खोपको चौथो मात्रा समेत दिने तयारी गरिरहेका बेला अफ्रिकी लगायतका गरिब तथा विपन्न देशले पहिलो मात्रा समेत नपाएका भन्दै सचेत गराएका छन् ।

खोपमा समान पहुँच नपुग्दासम्म कोरोनाको सङ्क्रमण नरोकिने उनको दाबी छ । यस्तै, उनले अब कोरोना पूरै हट्ने सम्भावना कम रहेको तर खोपको माध्यममार्फत यसबाट हुने गम्भीर सङ्क्रमणलाई भने रोक्न सकिने बताए ।

Advertisement

गम्भीर बिरामी हुनबाट रोकिए लकडाउन समेत गर्नु नपर्ने र यसले अर्थतन्त्रलाई फाइदा पुग्ने उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top