अमेरिकाद्वारा आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

१० माघ, बीबीसी ।
अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको छ।

रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयको उक्त आदेश जारी भएको हो। अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ।

उसले अमेरिकी नागरिकहरूलाई युक्रेनबाट बाहिरिन आह्वान समेत गरेको छ। रुसले आफूले युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ।

Advertisement

अमेरिकी विदेश मन्त्रालयले चाहिँ युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको छ। युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन्।

शनिवार अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर हातहतियार सहायता युक्रेन पुगेको छ। यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेनप्रति रुसको शत्रुतापूर्ण व्यवहारका कारण अमेरिकाली उक्त देशमाथि चाँडै नै विभिन्न खाले प्रतिबन्धहरू लगाउने बताएका थिए।

Advertisement

उनले यदि यस्ता उपायहरू समयमै सुरु गरिए रुसको प्रतिरक्षा क्षमता कमजोर बन्ने दाबी गरेका थिए। बीबीसीका एकजना संवाददाताका भनाइमा विदेशमन्त्रीले यदि आक्रामक तरिकाले थप एक रुसी सेना युक्रेनमा प्रवेश गरेमा त्यसले महत्त्वपूर्ण प्रतिक्रियालाई निम्त्याउने र रुसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

तर अझै पनि कूटनीति र वार्ताको सम्मावना रहेकोमा उनले जोड दिएको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top