युरोपमा कोरोना महामारी अन्त्यतर्फ उन्मुख रहेको डब्ल्यूएचओको विश्वास

Share this
744shares

१० माघ, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टले कोभिड–१९ को महामारीलाई नयाँ चरणमा पुर्‍याएको र अब छिटै नै युरोपमा यो महामारी अन्त्य हुन सक्ने विश्वास व्यक्त गरेको छ।

Advertisement

डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लुगले युरोप एक किसिमले यो महामारीको अन्त्यको दिशातर्फ उन्मुख भएको बताएका हुन्।

एएफपीलाई दिएको अन्तवार्तामा उनले आगामी मार्चसम्म युरोपमा ६० प्रतिशत मानिस कोरोना संक्रमित हुन सक्ने बताएका छन्। क्लुगका अनुसार अहिले व्यापक मात्रामा संक्रमण फैलिएकाले अबको केही समयमा अधिकांश मानिसमा कोभिड–१९ विरुद्धको प्रतिरक्षा शक्तिको विकास हुन सक्ने देखिएको छ।

Advertisement

त्यस्तै धेरै मानिसहरुले अहिले पनि कोरोना खोप लगाइसकेकाले महामारी अब अन्त्यतर्फ उन्मुख भएको क्लुगको भनाइ छ। ‘यस वर्षको अन्तिमसम्ममा कोभिड–१९ भन्दा पहिलाको अवस्था आउन सक्ने हाम्रो अनुमान छ।

तर, महामारी फर्किन सक्छ भन्ने जरुरी छैन’, उनले भने। यसअघि अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि आइतबार कोभिड–१९ को महामारीबारे यस्तै आशा व्यक्त गरेका थिए।

Advertisement

यसअघि डब्ल्यूएचओको अफ्रिकास्थित क्षेत्रीय कार्यालयले पनि अफ्रिकामा कोरोना संक्रमण निरन्तर घट्दो क्रममा रहेको र मृत्युदर पनि घटिरहेको बताएको थियो।

यद्यपि अहिले नै कोभिड–१९ को महामारी अहिले नै अन्त्य हुन्छ भनेर सोच्नु हतार हुने क्लुगको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top