जनकपुरमा मतदानस्थल नजिक झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

जनकपुरमा मतदानस्थल नजिक झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

१२ माघ, जनकपुरधाम ।
धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ ।

राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो । अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.