आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झर्यो

आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झर्यो

११ फागुन, काठमाडौँ । आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिजो यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा दुई स्थान तल झरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ । यसअघि नेपाल १३ औँ स्थानमा थियो । नेपाल दुई हप्तामै तीन स्थान तल झरेको हो ।

यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान खस्केको थियो ।

ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले हारेसँगै नेपाल आउँदो अक्टोबर÷नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएको छ ।

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो । नेपालले विश्वकप छनोटमा तेस्रो स्थानको लागि भोलि ओमानसँग खेल्नेछ ।

नयाँ वरीयतामा आयरल्यान्ड १४ औं र स्कटल्यान्ड १३ औं स्थानमा छन् । यूएई भने १२ औं स्थानमा पुगेको छ । भारत पहिलो, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । त्यस्तै न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.