न्याय परिषद्को बैठक आज बस्दै

न्याय परिषद्को बैठक आज बस्दै

११ फागुन, काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज(बुधबार) न्याय परिषद्को बैठक बोलाएका छन् ।

विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनाका लागि सो परिषद्को बैठक बोलाईएको हो ।

न्याय परिषद्को बैठक आज (बुधबार) अपराह्न ४ बजे बस्ने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.