दाङको एक पसलमा आगलागी हुँदा करिब १८ लाख बराबरको क्षति

१२ फागुन, दाङ । दाङको पर्सेनी बजारको एक पसलमा आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

Advertisement

आज बिहान तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा सुमित्रा वलीको रिमा किराना पसलमा आगलागी भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

पसल रहेको घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top