युक्रेनको आकाश व्यवसायिक उडानका लागि बन्द

१२ फागुन, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकमाथि सैन्य कारबाहीको घोषणा गरेपछि युक्रेनले व्यवसायिक उडानका लागि आफ्नो आकाश बन्द गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार सुरक्षाको कारण देखाउँदै युक्रेन सरकारले बिहीबार बिहानदेखि उडान बन्द गरेको हो।

यसअघि पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका थिए।

Advertisement

पुटिनको घोषणासँगै युक्रेनका विभिन्न ठाउँमा बिस्फोट भएका छन्। राजधानी किएभमा पनि बिस्फोटहरू भएको बिबिसीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top