सुनको भाउ आज भने एक हजार रुपैयाँले घट्यो

Share this
716shares

१३ फागुन, काठमाडौँ । हिजो एकैदिन बढेर तोलाको ९९ हजार रुपैयाँमा पुगेको सुनको भाउ आज भने एक हजार रुपैयाँले घटेको छ।

Advertisement

हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो।

रुस र युक्रेनको द्वन्द्वका कारण सुनको बजारमा समेत असर परेको छ। आज भाउ घट्नुमा कुनै विशेष कारण नभएको र सुनको बजार अस्थिर रहेकाले भाउमा उतारचढाव आइरहने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top