एलन मस्कको युक्रेनलाई सहयोगः फाइबर अप्टिक, केबल वा टावरबिना नै इन्टरनेट सेवा उपलब्ध

१५ फागुन, एजेन्सी । स्पेस–एक्सका संस्थापक एलन मस्कले पनि युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

रुसको आक्रमणबाट युक्रेनको इन्टरनेटमा सेवामा क्षति पुगेपछि एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गरेका हुन् ।

युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत् एलन मस्कलाई ट्याग गरेर स्टारलिंक स्याटेलाइट सेवा दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मस्कले स्टारलिंक स्याटेलाइट सेवा सक्रिय भइसकेको जनाएका छन् ।

Advertisement

स्टार लिंक एलन मस्कको कम्पनी स्पेस–एक्सको एक इकाइ हो । यसले फाइबर अप्टिक, केबल वा टावरविना नै इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top