×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

देशका लागि ज्यान दिन तयार युक्रेनी स्वयंसेवक सेनामा भर्ती हुन लाइनमा

१५ फाल्गुन २०७८

१५ फागुन, एजेन्सी । रुसले हमला गरेको आज चौथो दिन युक्रेनका नागरिक भने संसारकै शक्तिशाली सेनासँग डटेर लड्ने मुडमा देखिन्छन् ।

राजधानी किएभ पसिसकेको रुसी सेनाबाट मुलुकको रक्षा गर्न युक्रेनीहरू कति दृढता एवं साहसी छन् भन्ने कुरा राष्ट्रिय सेनामा भर्ना हुन लामबद्ध भएका स्वयंसेवकबाट प्रस्ट हुन्छ ।

Advertisement
Advertisement

डिनिप्रो शहरमा यस्तै लाइन देखिन्छ । उक्त शहरको स्थानीय सामुदायिक केन्द्रमा रुसविरुद्धको युद्धमोर्चामा जान युवाहरू लाइन लाग्न थालेका छन् ।

देशका लागि ज्यान दिन तयार स्वयंसेवकको लाइनमा उमेर, लिङ्ग र व्यवसायमा मानिस बसेका छन् । झट्ट हेर्दा उक्त लाइन शहरको केन्द्रमा जम्मा भइरहेको स्वःस्फूर्त फौज जस्तै देखिन्छ । कसैले आफ्नो परिचयपत्र मात्रै बोकेका छन् भने कसैले झोला समेत लिएर आएका छन् ।

सेनामा भर्ती हुन भन्दै लाइनमा बसेका अधिकांशसँग न बन्दुक चलाएको कुनै अनुभव छ न त युद्धको नै । तर युद्धमा ज्यान जान सक्ने कुराले उनीहरू कत्ति पनि त्रसित देखिँदैनन् ।

भर्खरै चालिस वर्ष कटेका इगोर भ्याजोभोय लाइनमै थिए । आल्मुनियमका झ्याल–ढोका बनाउने इगोरले लड्ने बेला आएको भन्दै सेनामा भर्ना हुन चाहेको बताए । ‘मेरो राम्रो काम छ’, स्काई न्युजसँग कुरा गर्दै उनले भने, ‘मैले आल्मुनियमका झ्याल बनाउछु, ठूला भवनमा आल्मुनियमको काम गर्छु तर अब म लड्नु पर्छ ।’

‘यसअघि केही आशंका थियो तर अहिले म पूरै तयार छु किनभने यो युद्ध हो’, बन्दुक बोकेर लड्न तयार हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिँदै इगोरले भने ।
इगोर नजिकै कलेजी रंगको जाकेट र ऊनीको टोपी लगाएकी काटेजिना कोजी छन् । मिठो बोली भएकी उनी बैंक म्यानेजर हुन् । एघार र चार वर्षे दुई छोरीकी आमा भए पनि उनी सेनामा स्वयंसेवक भन्न तयार छन् ।

‘हतियार प्रयोग गर्न तयार हुनुहुन्छ त ?’ काटेजिनालाई प्रश्न सोधिएको थियो । उक्त प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘छु तर मैले शुटिङ रेन्जमा मात्रै गोली चलाएकी छु । मसँग खासै अनुभव छैन तर चाँडै सिक्ने मानिस हुँ ।’

‘हामी घाइते भइसकेका छौं, हामीहरू अघिदेखि नै पीडामा छौं र म डराउन छोडिसकेँ’, लडाइँमा घाइते हुन पनि सक्नुहुन्छ नि भन्ने प्रश्नको उत्तर दिँदै काटेजिनाले भनिन्, ‘यही कारण म केही गर्न चाहन्छु ।’ राजकाजको खासै अनुभव नभएका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको व्यवहारबाट प्रेरित भएर स्वयंसेवक बन्न तयार रहेको पनि उनको भनाइ थियो ।

सबैलाई थाहा छ– रुसी सेनासँग राम्रा हतियार छन् र उनीहरू तालिमप्राप्त छन् । यही भएर डिनिप्रोका मानिसलाई गम्भीर क्षति हुने खतरा छ । तर सर्गेई सिल्दिभ जस्ता स्वयंसेवकले आफ्नो मनबाट यो कुरा हटाइसकेका छन् ।

Advertisement
Advertisement

‘मेरो विचारमा एक जना युक्रेनी सेना कम्तिमा सात जना रुसी सेनाका लागि भारी हुन्छन्’, सिल्दिभले भने, ‘लडाइँ जितिन्छ भनेर म ढुक्क छु ।’

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top