×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माओवादी अध्यक्ष प्रचण्डले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

१६ फाल्गुन २०७८

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

एमसिसी पास भएपछि पहिलोपटक उनले आफ्नै निवास खुमलटारमा पत्रकाहरूलाई भेटघाटमा बोलाएका हुन् ।

Advertisement
Advertisement

पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन दिउँसो ३ बजे हुँदैछ ।

पछिल्लो समय एमसिसी पास गर्न प्रचण्डले देखाएको द्वैध चरित्रको आलोचना भएको थियो ।

प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँगै एमसिसी पास गर्ने प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको थियो । तर नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत् एमसिसीको विपक्षमा उभिने निर्णय गरेको थियो।

माओवादी केन्द्रले एमसिसीको विरोधमा सडक आन्दोलन समेत गरेको थियो।

नेपाली कांग्रेसले माओवादी एमसिसीको पक्षमा नउभिए नेकपा एमालेसँग गठबन्धन गर्ने बताएपछि प्रचण्ड देउवासँगै एमसिसी पास गर्ने पक्षमा उभिएका थिए।

आइतबार एमसिसी पारित गर्न राखिएको प्रतिनिधि सभा बैठकअघि प्रचण्डले संसदीय दलबाट एमसिसी अनुमोदनको निर्णय गराएका थिए।

प्रतिनिधि सभाको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको थियो। तर एमसिसीको विषयमा प्रचण्ड प्रतिनिधि सभा बैठकमा कुनै धारणा राखेका थिएनन् ।

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top