×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

रुसी बख्तरबन्द गाडीको ६४ किलोमिटर लामो लाइन किएभ तर्फ

१७ फाल्गुन २०७८

१७ फागुन, एजेन्सी ।
युक्रेनमाथि आक्रमण गरिरहेको रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु राजाधानी किएभ तर्फ पठाएको छ ।

रुसी लडाकु गाडीहरुको लामो लाइन युक्रेनको राजधानी किएभ तर्फ जाँदै गरेको स्याटेलाइट तस्बिरमा देखिएको हो । स्याटेलाइट तस्बिर लिने कम्पनी म्याक्सर टेक्नोलोजीका अनुसार रुसी बख्तरबन्द गाडीको लाइन ४० माइल अर्थात ६४ किलोमिटर भन्दा बढी लामो रहेको छ ।

Advertisement
Advertisement

यसअघि हातहतियारले सजिएका रुसी लडाकु सवारीको लाइन १७ माइल अर्थात २७ किलोमिटर लामो भनिएको थियो । यस्तै रुसले आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर बेलारुसको दक्षिणी क्षेत्रमा तैनाथ गरेको पनि नयाँ तस्बिरमा देखिएको छ ।

सो स्थान युक्रेनसँगको सीमा भन्दा मात्रै २० माइल ९३२ किलोमिटर० को दूरीमा पर्छ । युक्रेनमा रुसी आक्रमण विगत पाँच दिनदेखि जारी छ । गएको बिहीबारदेखि रुसले बिना उक्साहट युक्रेनमाथि युद्ध सुरु गरेको हो । युक्रेनी सैनिक तथा स्वयम्सेवी लडाकुले रुसी सैनिकलाई प्रमुख शहरमा रोक्ने प्रयास गरिरहेका छन् ।

उनीहरुलाई स्थानीय बासिन्दाले साथ दिइरहेका छन् । तर स्थल तथा हावईसँगै मिसाइल आक्रमण गरिरहेको रुस अघि बढ्ने क्रममा छ । रुसी आक्रमणको निशानामा सर्वसाधारण नागरिक आएको र रुसले युद्ध अपराध गरिरहेको युक्रेनी अधिकारीले बताएका छन् ।

रुसले गरेको आक्रमणमा युक्रेनी शहर खार्किभमा कम्तीमा ९ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । युक्रेनलाई अमेरिकासहितका पश्चिमा देशले हातहतियारसहितका सैन्य सामग्रीका लागि सहयोग गरिरहेका छन् ।

यस्तै उनीहरुले रुसमाथि आर्थिकसहितका प्रतिबन्ध लगाएर दबाब दिए पनि आक्रमण रोकिन सकेको छैन । युद्ध जारी रहँदा सोमबार बेलारुसमा युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता भयो । पाँच घण्टासम्म भएको वार्तामा कुनै सहमति जुट्न सकेन । तर फेरि वार्तामा बस्ने रुसले जनाएको छ ।

युक्रेनले बिना शर्त रुसी सैनिक फिर्ता हुनु पर्ने अडान लिएको छ । यसैबीच रुसविरुद्धको युद्धमा युक्रेनलाई साथ दिन अन्तर्राष्ट्रिय स्वयम्सेवी जान थालेका छन् । युक्रेन सरकारले विदेशीका लागि विशेष व्यवस्थासहित युद्धमा सहयोगका लागि आग्रह गरेको थियो ।

Advertisement
Advertisement

त्यस अन्तर्गत मार्च १ देखि बिना भिसा यात्राको व्यवस्था गरिएको युक्रेनले जनाएको छ । यसरी युक्रेनलाई रुसविरुद्धको युद्धमा सहयोग गर्न जानेमा क्यानडाका हाँस्यकलाकार पनि रहेका छन् । २९ वर्षका क्यानडियन एन्थोनी वाल्कर युक्रेन गएका हुन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top