डोटीको दिपायलस्थित दुर्गा भगवती मन्दिरको २८ वर्ष पुरानो ४५ किलोको घण्ट चोरी

१९ फागुन ७८, शुक्रबार

२० फागुन, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारामा रहेको दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ ।

दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयवासी दत्तुसिंह खड्काले विसं २०५० सालमा चढाउनुभएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख एवम् प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।

उनले भने, ‘यही फागुन १८ गते बुधवार राति मन्दिरको घण्ट चोरी भएको खबर आएको छ, खोजीका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो भन्ने यकिन गर्न सकिएको छैन ।’

Advertisement

मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने व्यक्तिहरूले मन्दिरको घण्ट चोरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top