कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत निर्वाचित

२१ फागुन, चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत निर्वाचित भएका छन्।

पहिलो चरणको निर्वाचनमा सबभन्दा बढी मत ल्याएका खनाल दोस्रो धेरै मत ल्याएका मिलनबाबु श्रेष्ठले पनि समर्थन गरेपछि सर्वसम्मत भएका हुन्।

दोस्रो चरणको निर्वाचनअघि अन्य २ जना उम्मेदवाहरू प्रा.डा.सूर्यकान्त घिमिरे र उत्तम जोशीले खनाललाई सहयोग गर्ने घोषणा गरेका थिए।

Advertisement

पहिलो चरणमा खनालले ७ सय ४६, श्रेष्ठले ६ सय ६२, मत ल्याएका थिए। जोशीले ४ सय ७२, घिमिरेले ४ सय २६ र कोइरालाले ४ सय १२ मत प्राप्त गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top