यु-१८ महिला साफ च्याम्पियनसिपमा नेपाल जितविहीन

यु-१८ महिला साफ च्याम्पियनसिपमा नेपाल जितविहीन

१० चैत्, काठमाडौँ । यु-१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । नेपाल जितविहीन बन्दै च्याम्पियनसिपबाट बाहिरिएको छ ।

भारतको जमसेदपुरमा हिजो भएको चौथो खेलमा नेपाल बङ्ग्लादेशसँग २–१ गोलले पराजित भयो । बङ्ग्लादेशका शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक-एक गोल गरिन् ।

अमिशा कार्कीले खेलको चौथो मिनेटमै गोल गरी अग्रता बनाएको खेलमा नेपालले अग्रता जोगाउन सकेन।

च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । बङ्ग्लादेशले ३ खेलमा ६ अङ्क जोडेको छ ।

उपाधिका लागि भारत र बङ्ग्लादेश खेल्ने भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.